प्रदेश

नेकपा संसदीय दलको छलफलमा बिद्रोहको चेतावनी



बुटवल १७ असोज । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक बसेको छ। बिहान ८ बजेपछि नेकपा संसदीय दलको बैठक बसेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए। बैठक मुख्यमन्त्री निवासमा जारी छ। उनका अनुसार बैठकमा प्रस्तावित राजधानी र नामको बारेमा बैठकमा छलफल हुनेछ। सदनमा प्रस्ताव पेश गरेपछि त्यसलाई पास गराउनका लागि नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिने र पार्टीको निर्णयबाहिर नजान निर्देशन दिने तयारी गरेका छन्।

    सदनमा ल्याइएको एकल स्थानबारे नेकपाका केही नेताहरुले असन्तुष्टि जनाएका छन्। प्रदेशका सांसद र पार्टीसँग पर्याप्त छलफल नगरी ल्याइएको प्रस्तावबारे संसदीय दलको बैठकमा केही सांसदले असन्तुष्टि व्यक्त गर्ने तयारी गरेका छन्।उनीहरुले अहिले जसरी प्रस्ताव आएको छ त्यसरी नै पारित गरिए विद्रोह गर्न वाध्य हुने चेतावनी दिएका छन् । त्यसरी आक्रोसित अभिबयक्ति खासगरी कपिलवस्तुका सांसदहरु वाट आएको छ । कपिलवस्तुलाई उपेक्षा गरेर बु्टवल र दाङलाई मात्र महत्व दिएकाले सो प्रस्ताव विरुद्ध लाग्ने जनाएका हुन् । यसैगरी नवलपरासी र गुल्मी पाल्पाका सांसदहरु पनि कपिलवस्तु राजधानी हुनु पर्नेमा दाङको प्रस्ताव आएको भन्दै आपत्ति प्रकट गरेका छन् । 

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६