ब्रेकिंग न्युज

राजधानी विवाद : तिलोत्तमाको अपिल ,कपिलवस्तुमा चरणबद्ध शशक्त आन्दोलन



रुपन्देही १७ असोज । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा बनाउने प्रस्तावमाथि पुनर्विचार गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माग गरेको छ।तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले विज्ञप्ति निकालेर भनेका छन् प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति तिलोत्तमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ, प्रदेश सरकार गठन भएयता हालसम्म बुटवल क्षेत्रमा राजधानीको सन्दर्भमा भएरगरेका तयारी, भौतिक पूर्वाधारमा राज्य कोषबाट गरिएको व्ययभार, सामुदायिक संघ–संस्थाहरुले पुर्‍याएको योगदान र यस क्षेत्रका बासिन्दाहरुको भावना विपरीत हठात् राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको विषयले हामीहरु दुखित भएका छौं।   उनले विज्ञप्तिमार्फत राजधानी सार्ने प्रस्तावमा पुनर्विचार गर्दै जनभावनाको कदर गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।

    यता कपिलवस्तुमा विगतमा गठित राजधानी कपिलवस्तुकालागि संघर्ष समितिको बैठक अहिले बसेको छ । बैठकले कपिलवस्तुका १० वटै पालिकाहरुमा र राजमार्ग क्षेत्रमा एकैसाथ प्रदेश राजधानी कपिलवस्तु नै हुनु पर्ने भन्दै सडक प्रदर्शन गर्ने खाका वनाउन लागेको वताइएकोछ । संघर्ष समितिका संयोजक पोम नारायण पौडेलले शशक्त आन्दोलन श्रृजना गरेर प्रदेश सभालाई पुनरविचार गर्न वाध्य पार्ने वताउनु भयो । बुद्ध जन्मेको लुम्विनीको नाममा  प्रदेश राजधानी हुने तर बुद्धले २९ वर्ष विताएको कपिलवस्तु राजधानीमा नसमेटिने यस्तो हुन नसक्ने चुनौती दिनु भयो । आन्दोलन कडा पार्दै गरेर राजमार्गमा प्रदेशका मन्त्री र सभासादका गाडी चल्न नदिने सम्मका विषयमा छलफल भई रहेको उहाले वताउनु भयो । आज तयारी गरेर भोली  देखि चरणबद्ध संघर्ष संचालन गर्ने संघर्ष समितिको भनाइछ । 

 

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६