प्रदेश

प्रदेश ५ : नेकपाद्वारा ह्वीप लगाउने निर्णय, नमान्ने केहि सांसदको घोषणा



रुपन्देही १७ असोज । प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। बिहान ८ बजेदेखि करीब २ बजेसम्म मुख्यमन्त्री निवास बुटवलमा दिवाभोजसहित बसेको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले प्रेसपाटीलाई जानकारी दिनु भयो ।     

    बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका थिए  कपिलवस्तुका सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा जोडतोडले राखे।रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको औल्याए । रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउदै आफ्ना भनाइ राखेका थिए। ‘हामीले दाङको विषयमा असहमति जनाएका छौं। अब मतदानमा के हुन्छ छलफलपछि टुंगो लाग्छ’, दलको बैठकमा सहभागी एक सांसदले प्रेसपाटीलाई प्रतिकृया दिए तर मिडियाम नाम खुलाउन चाहेनन् । 

     बैठकमा कपिलवस्तुका सांसदले कपिलवस्तु नै राजधानी उपर्युक्त रहेको बताएको सांसद विष्णु पन्थीले वताउनु भयो । पार्टीको निर्णय आफ्ना ठाउमा अवज्ञा होला नहोला तर हाम्रो कुरा डटेर राख्छौं अन्तिम सम्म लड्छौं सांसद पन्थीको भनाइछ । सांसद पन्थीले कपिलवस्तु राजधानी हुनुपर्ने मत जोडतोडले उठेको वताउनु भयो । उहाले संसोधन प्रस्ताव समेत दर्ता गर्ने र पार्टीको ह्विप नमान्ने अडान लिनु भएको छ । बैठकमा अर्घाखाँची र गुल्मीका सांसद विपक्षमा रहेनन्। प्युठान, रोल्पा, रुकुमका सांसदले बैठकमा सरकारको निर्णयको समर्थन गरेका छन्।

    सांसदहरुले आफ्ना धारणा राखेपछि दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिनु भएको छ र उहाले पार्टीले सदनमा पेश गरेको प्रस्तावलाई पास गराउनका लागि सांसदहरुलाई आग्रह गर्नु भयो ।  प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गर्नु भएको हो । 

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६