अर्थ-वाणिज्य

कांग्रेसले प्रदेश सभा घेराउ गर्ने , सदन प्रवेशमा रोक लगाउने



रुपन्देही १७ असोज । प्रदेश ५ को राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ ।बुटवलमा शनिबार बसेको कांग्रेसको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । असोज १९ गते बुटवल जाऔँ, राजधानी जोगाऔँ, नाराका साथ प्रदेशसभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।

    प्रदेश सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव लगेको छ । त्यसमाथि १९ गते छलफल गर्ने तयारी रहेको छ ।कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल लगेर सांसदहरुलाई प्रदेशसभा बैठकमा जान नदिने रणनीति अपनाएको जनाइएको छ ।

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६