रुपन्देही १७ असोज । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन।यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइनेछैन।
यसैगरी निशेधित क्षेत्र तोडफोड हुन सक्ने देखिएमा कर्फयू आदेश जारी गर्ने सबै तयारी गरिएको छ । निशेधाज्ञा र कर्फयूको समयमा कुनै अप्रिय घटना नहोस भन्नका लागि नेपालगंज देखि प्रहरीहरु ठूलो संख्यामा बुटवल ल्याई सकिएको श्रोतको दावि छ । रुपन्देही भन्दा वाहिरवाट ३५० प्रहरी बुटवल झिकाइएको श्रोत वताउछ । अहिले सम्म कुनै विवादमा नतानिएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभामा राजधानी वारे छफलफल गराउन निशेधाज्ञा लगाएर विवादमा तानिने संभावना वढेको छ । कर्फयूकै बीच पारित गरियो भने यो विषय कलंकको टिका बन्ने निश्चित छ ।
प्रतिक्रिया