कपिलवस्तु १८ असोज ।शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रुपैया सहीत एक जनाालई पक्राउ गरेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट नगरपालिका वडा नं २ का ५४ बर्षिय पप्पु गुप्ता लाई सो रकम सहीत पक्राउ गरेको हो । शुक्रवार साझ सशस्त्रको टोलीले बिशेष सुराकीका आधारमा सो रकम बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक डिबि कार्कीले बताए ।
विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको टोलीले खानतलाासी लिदा सो रकम बरामद भएको थियो । ५ सयका चार सय थान र एक हजारका २ सय थान रकम फेला परेको थियो । बरामद रकम सहीत पक्राउ परेकालाई आवश्यक कार्यवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल रूपन्देहीमा पठाइएको प्रहरी उपरिक्ष कार्कीले बताए ।
प्रतिक्रिया