लुम्बिनी

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै बिहानैबाट प्रर्दशन शुरु



रुपन्देही १८ असोज । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै रुपन्देहीका विभिन्न ठाउँमा आईतवार बिहानैबाट प्रर्दशन शुरु भएको छ।प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको हो ।  प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ भने यहाँका बुटवलका व्यवसायिक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलको राजमार्ग चौराहादेखि  ट्राफिकचोकसम्म र्याली निकालेका छन् ।निषेधाज्ञा र बन्दका कारण सडकमा सार्वजनिक र निजी कुनै पनि गाडी चलेका छैनन् ।

    प्रर्दशनकारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना,भैरहवा लगायतका विभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको थियो ।तर प्रशासनको निर्देशनको उल्लङ्घन गर्दै बुटवलमा व्यवसायीक संघ संस्थाको र्यालीलाई सम्बोधन गर्दै बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष खेम हमालले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलमा राजधानी निर्णयको कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित : १८ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६