ब्रेकिंग न्युज

फेला परेको गोही खतरनाक मगर जाती



कपिलवस्तु असोज १८

कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक मगर गोही फेला परेको छ । आइतवार रुपन्देही र कपिलवस्तुको सिमामा पर्ने कोठी नदीमा गोही देखा परेको थियो । प्रत्यक्षदर्शी स्थानिय कमल क्षेत्रीले नदीका किनारमा घाम तापेको बेला गोही देखेका थिए । 

डिभिजन वन कार्यालय कपिलवस्तुका सुचना अधिकारी मदन मोहन श्याण्डील्यका अनुसार स्थानियको जानकारी पछि उक्त स्थानमा निगरानी राखेको बताउनु भयो । नदिमा फेला परेको हुँदा उक्त गोहीलाई के गर्ने भन्ने विषयमा उच्च अधिकारी संग परामर्ष लिइने छ । बन्यजन्तु विषयमा अनुसन्धान गरेका बन्यजन्तुकर्मी चिरन्जीवी खनालका अनुसार गोहीले लामो यात्रा गर्न सक्ने हुँदा खानाको खोजीमा आउन सक्ने बताउनु भयो । गोही फेला परेको स्थलमा प्रवेस गर्न बाणगंगा नगरपालिकाले रोक लगाएको छ । 


कोठी नदीमा देखीएको गोही तस्बिर कमल क्षेत्री 

प्रकाशित : १८ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६