ब्रेकिंग न्युज

ओली र प्रचण्डकै अगाडी महासचिव पौडेल मुख्यमन्त्री पोखरेल बीच चर्काचर्की



काठमाडौं  १८ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गरेका छन् ।आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । महासचिव पौडेलले ओली र प्रचण्डलाई यस्तो प्रस्ताव राख्दै गर्दा बालुवाटारमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि उपस्थित थिए ।

    कोरोनाको जोखिम बढेको भन्दै सचिवालयको बैठक स्थगित गरिएता पनि आइतबार दिउँसो बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा मुख्यमन्त्री पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित थिए । सो भेटमा सहभागी एक नेताले म भने , ‘महासचिवज्यूले प्रदेश ५ को राजधानी बुटवलमै राखिनुपर्ने बताउँदै दाङमा राजधानी राख्ने निर्णय पुनर्विचार हुनुपर्ने माग गर्नुभयो । मुख्यमन्त्री पोखरेलले दाङमै राजधानी राखिने अडान राख्नुभयो । उहाहरु बीच केहि छिन चर्काचर्की भयो । सारेर देखाउन पौडेलले चेतावनी दिनु भयो भने रोकेर देखाउन पोख्रेलले ती नेताको भनाईछ ।

    यता उहाहरु बीचको यस्तो अवस्था देखेपछि जनार्दनजीले पौडेल र पोखरेललाई सहमतिमा आउन आग्रह गर्नुभएको थियो । प्रचण्ड र ओली भने केहि बोल्नु भएन । महासचिव पौडेलले बुटवलमै राजधानी रहनुपर्ने माग राखे पनि अध्यक्षद्वय ओली र प्रचण्डले दाङमै राजधानी राख्न सहमित जनाइसकेका छन् । अध्यक्षद्वयले यसबारे लिखित सहमति दिएको वताइएको छ । स्रोतका अनुसार सुरुमा मुख्यमन्त्री पोखरेलले राप्ती भ्यालीमा प्रदेशको राजधानी र लुम्बिनी नाम रहने गरी मान्यता प्रदान गर्न अध्यक्षलाई चिठी लेखेको र अध्यक्षद्वयले प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने भन्दै राप्ती भ्याली र लुम्बिनीमा समर्थन रहेको जानकारी पत्र पठाएका थिए । सोहीअनुसार प्रदेश सरकारले निर्णय गरेर हाल यो प्रस्ताव प्रदेश सभामा पुगेको छ ।

प्रकाशित : १८ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६