रुपन्देही १९ असोज । ३ दिनअघिको छलफलमा १४ जना सांसदले असन्तुष्टि राखेर राजधानीवारे नोटअफ डिसेन्ट लेखेपछि प्रदेश ५ नेकपाको संसदीयदलले साझा सहमति जुटाउन पुन दलको बैठक राखेकोछ ।
प्रदेश सभामा पेश भएको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफलका लागि सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको हो। बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक बोलाइएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिनु भयो ।उहाका अनुसार प्रदेश सभा सदस्यहरुको अन्तिम धारणा लिनका लागि बैठक बोलाइएको हो। बैठकले नेकपा सांसदहरुलाई ह्वीप लगाउने निर्णय गर्नसक्ने छ।
यद्धपी महासचिव विष्णु पौडेलले राजधानीकालागि प्रचण्ड र ओलीलाई पुनरविचार गर्न आग्रह गरेको र कुनैपनि हालतमा राजधानी सार्न नदिने अडान दोहोराएकाले ह्वीप लगाई हाल्ने स्थिती जटिल मोडमा पुगेको उच्च श्रोतको दाविछ , यसअघि ह्वीप लगाउनसक्ने निर्णय गरेपनि नेकपाले राजधानी र नामबारे ह्वीप लगाउने जानकारी सांसदहरुलाई गराएको छैन। यस्तै नेकपाले बिहान ८ बजे प्रदेश सभा परिसरमै सर्वदलीय बैठक डाकेको छ।
सर्बदलिय बैठकमा नेकपा वाहेकका सबैदलहरु प्रदेश सरकार विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने र कुनैपनि हालतामा सदन चल्न नदिने घोषणा गर्ने अग्रिम तयारीमा रहेको श्रोतको दाविछ । आवश्यक परे सदन मै मुठभेड गर्ने मानसिक तयारका लागि विपक्षीदलका प्रतिनिधी आइतवार नै छलफलमा वसेका थिए । एकातिर विपक्षी मुठभेडकालागि तयार हुने अर्काेतिर आफ्नै पार्टीका सांसदले साथ नदिने गर्दा मुख्यमन्त्री शंकर पोखरेल अफ्यारोमा पर्न सक्ने देखेर पुन संसदीय दलको बैठक सहमति जुटाउनकालागि राखिएको हो । संसदीय दलको बैठक समेत उच्च सुरक्षा घेरामा राखिएको छ । यता नेकपा प्रदेशसभा सदस्यहरु बिहान साढे ६ बजे नै संसदिय दलको कार्यालय पुगेका छन् । प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा प्रस्ताव गरिपछि रुपन्देही, कपिलवस्तु, पाल्पा लगायत जिल्लाका सांसदहरुले असन्तुष्टि जनाएपछि छलफलका लागि बिहान ७ बजे संसदीय दलको बैठक बोलाएको हो ।
राजधानीको बिषयलाई लिएर आन्दोलित नेपाली काङ्ग्रेस र विभिन्न सामाजिक तथा पेशागत संघसंस्थाले प्रदेशसभा भवन घेराउ गर्ने घोषणा गरेकोले पनि बिहानै बैठक बोलाईएको बुझिएको छ ।चौतर्फी बिरोध र आलोचना सहित बिरोधका कार्यक्रम सार्वजनिक भएपछि ब्यापक सुरक्षा ब्यवस्था गरिएको छ । कांग्रेस र रुपन्देहीका ब्यवसायीक संघ संस्थाले प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरेपछि बिहानै देखि प्रदेशसभा भवन सुरक्षा घेरामा राखिएको छ ।
प्रतिक्रिया