कपिलवस्तु १९ असोज । नेपाली कागे्रंस कपिलवस्तुले प्रदेश नम्बरको राजधानी कपिलवस्तु जिल्लामा बनाउनु पर्ने निर्णय गरेको छ । नेता वालकृष्ण खाणले कांग्रेसले रुपन्देहीवाट राजधानी सार्न नदिने अडान लिई रहदा ५ जना सांसद रहेको कपिलवस्तु कांग्रेसले गरेको यो निर्णयले तरङग ल्याएको छ । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिको तौलिहवा स्थित पार्टी कार्यालयमा बसेको बैठकले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउनु पर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले दाङ्ग जिल्लाको भालुवाङ्ग क्षेत्रलाई राजधानी प्रस्ताव गरेको विषयमा नेपाली कागे्रंस कपिलवस्तुले असहमति जनाएको छ । प्रदेशका सबै १२ जिल्ला र जनतालाई पायक पर्ने स्थान कपिलवस्तु रहेको हुंदा प्रदेश सरकारले गरेको प्रस्ताव उपयुक्त नभएको कांग्रेस कपिलस्तुले जनाएको छ । प्रदेश ५ को सबैभन्दा ऐतिहासिक तथा पुरातात्विक दृष्टि र सबैको बीच भागमा पर्ने हिसाबले प्रदेशको राजधानी कपिलवस्तु बनाउनुपर्नेमा कागे्रंसको धारण रहेको छ ।
पार्टी सभापति सुरेन्द्रराज आचार्यले कपिलवस्तु सबै जिल्लाको बिचमा पर्ने स्थानमा पर्ने जिल्ला कपिलवस्तु भएकोले कपिलवस्तुलाई राजधानी बजाउदा कुनै पनि जिल्लालाई असर नपर्ने कांग्रेस कपिलस्तुले निर्णय गरेको गरेको बताए । कांग्रेस कपिलवस्तुले आईतवारको बैठकमा खाली रहेका २ जिल्ला कार्य समिति सदस्य समेत थप्ने निर्णय गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए । बैठकले यूवानेता राजेश ज्ञवाली र प्रखर बक्ता पदम प्रसाद खनाललाई जिल्ला कार्य समिति सदस्यमा राख्ने निर्णय गरेको छ ।
यस्तै आमन्त्रित जिल्ला कार्य समितिमा रेस्मीराज अधिकारी र नारायण भुसाललाई बनाउने निर्णय समते भएको छ । सकृय सदस्य नविकरणको बिवरण यही असोज २५ गते सम्म जिल्ला कार्य समितिमा पठाउनु पर्ने निर्णय भएको अर्का सचिव प्रेम बहादुर रायमाझीले बताए । यस्तै एक महिना भित्र निधन भएका कांग्रेस नेता तथा बुद्धभुमी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेश्वर सिंह, कांग्रेस नेताहरु भीम बहादुर सुनार, सोमनाथ पौडेल किशोर कहारको मृत्यु प्रति शोक प्रस्ताव समेत पारित भएको छ ।
प्रतिक्रिया