जीवनशैली

बिपक्षीसंग मिलेर आफ्नै मुख्यमन्त्री विरुद्धको लडाईमा मोर्चा कस्यो नेकपा रुपन्देहीले



बुटवल १९ असोज । प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावका विरुद्ध बुटवलमा जारी आन्दोलनमा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना कार्यकर्ताहरुलाई बाटो खोलिदिएको छ ।विभिन्न तहका कमिटीले जारी आन्दोलनमा ऐक्यवद्धता जनाएपछि आफ्नै पार्टीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध सडकमा मोर्चाबन्दी गर्न ,संसद भवन घेर्न र आवश्यकतानुसार ढुंगा हान्न नेकपाले वाटो खोलिदिएपछि लडाई रोचक मोडमा पुगेको हो ।

     नेकपाको रुपन्देही जिल्ला कमिटी, बुटवल उपमहानगर कमिटी तथा स्थानीय पालिका स्तरीय कमिटीहरुले प्रदेश राजधानीका सम्बन्धमा जारी आन्दोलनमा एक्यबद्धता जनाएपछि कार्यकर्ताहरुलाई आन्दोलनमा सहभागि हुने बाटो फुकेको हो ।आफ्नै पार्टीको सरकारले ल्याएको राजधानी सार्ने प्रस्तावका विरुद्ध जान हुने वा नहुने विषयमा रुपन्देही र यस आसपासका पार्टी कार्यकर्ताहरु अन्यौल भएको अवस्थामा सरकारले प्रस्ताव ल्याएको तेस्रो दिन पार्टीले कार्यकर्ताको अन्यौलता हटाईदिएको छ ।नेकपाको रुपन्देही जिल्ला कमिटीले विज्ञप्ति प्रकाशित गरेर जनताको आक्रोशलाई स्वाभाविक भनेको छ भने बुटवल उपमहानगर कमिटीले विज्ञप्ति प्रकाशित गर्दै नागरिक आन्दोलनमा एक्यबद्धता प्रकट गरेको छ ।

    नेकपाको सैनामैना, तिलोत्तमा नगर कमिटीहरुले पनि आन्दोलन प्रति एक्यबद्धता व्यक्त गरेका छन् । नेकपा महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय कमिटीका अध्यक्ष तेजेन्द्र केसीले पनि आन्दोलनप्रति नैतिक समर्थन जनाएका छन् ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस तथा राजधानीका लागि आन्दोसलत बिभिन्न संघ संस्थाहरुले सोमबारको आन्दोलनलाई संसदभवनमा केन्द्रित गर्ने घोषणा गरेपछि प्रदेश नम्बर ५ को प्रदेशसभा भवन क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

    सोमबार बिहानै देखि नेपाल प्रहरी र सशसत्र प्रहरीको ठुलो संख्या संसदभवन परिषरमा परिचालन गरिएको छ ।रुपन्देहीमा प्रहरी जनशक्ति कम भएको भन्दै प्रदेशका अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी रुपन्देहीमा मगाईएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६