ब्रेकिंग न्युज

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालन हुने



चितवन १९ असोज । चितवनको नारायणी नदीमा सञ्चालन हुने मिनी पानीजहाज (क्रुज सिप)छिटै सञ्चालन हुने भएको छ । सरकारले सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको एक महिनामै सञ्चालनमा ल्याउने तयारी भएको हो । मिनी पानीजहाज सञ्चालनको आन्तरिक तयारी सकिएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा।लि।का प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना कहरका कारण नदीमा सञ्चालनमा ल्याउन नसकेको बताउनुभयो ।

       यसअघि यसको परीक्षण भइसकेको छ । जहाज चलाउने क्याप्टेनसहित मुख्य कर्मचारीहरु समेत छनौट गरिसकेको कँडेलले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनेर बसेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को नारायणी नदीमा ‘टेष्ट ड्राइभ’ समेत सफल रुपमा सम्पन्न भइसकेको थियो । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ भएसँगै विशिष्ट व्यक्ति पुग्दा बेलाबेला यसलाई चलाउने पनि गरिएको छ

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६