ब्रेकिंग न्युज

विराटनर्सिङ होमबाट हाम्फालेका बिरामीको मृत्यु



 विराटनगर १९ असोज। विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए ।फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

      आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले आज (सोमबार)बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।एसपी खड्काका अनुसार हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो । मृत्यु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६