लुम्बिनी

प्रदेश ५ : नाम र राजधानीको प्रस्तावमा सहजीकरण गर्न नेकपा संसदीय दलको बैठक जारी



काठमाडौं १९ असोज । प्रदेश ५ को नाम र राजधानीका विषयमा प्रदेश सभामा पेश भएको प्रस्तावमा सहजीकरण गर्न नेकपा संसदीय दलको बैठक जारी छ। बिहान ८ बजेदेखि सुरु गर्ने भनिए पनि मुख्यमन्त्री शंकर पोखरेल ढिला भएकाले ढिला गरी सुरु भएको नेकपा सांसद इन्द्रजीत थारुले बताए।‘प्रदेशको नाम र राजधानीका विषयमा गत शुक्रबार पेश भएको प्रस्तावमा सहमति गराउन सजिलो होस् भनेर दलको बैठक राखिएको हो‘,’ थारुले  भने, ‘सबै सांसदलाई आउन अनिवार्य गरिएको छैन। समय मिलेसम्म प्राय सांसद बैठकमा आउनु भएको छ। यहीँबाट प्रदेशको नाम राजधानी टुंगो लगाउने होइन मोटामाटी सहमति कायम गर्न दलको बैठक राखिएको हो।’

    गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्ताव गरिएको थियो। प्रस्तावित स्थायी राजधानीको विपक्षमा हुने नेकपा सांसदहरुले बैठक बाहिर अरु सांसदलाई आउन रोकेको एक नेताले बताए। रुपन्देही, नवलपरासी पश्चिमलगायतका सांसदले संसदीय दलको बैठक बहिस्कार गरेको ती नेताले बताए। प्रदेशमा कुल ८७ सांसद मध्ये नेकपाका ६१ सांसद छन्। नेकपा सांसदसहित  सबै सांसदलाई खानाको समेत व्यवस्था गरिएको छ।  प्रदेश सभाको वैठक दिउँसो १२ बजेका लागि राखिएको छ ।

नेपाल लाईभ

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६