प्रदेश

मुख्यमन्त्री पोखरेलवाट ४२ लाख बेरुजु असुल उपर गर्नु पर्ने प्रदेश सांसद गोतामेको माग



कपिलवस्तु १९ असोज नेपाली कांग्रेस निकट कपिलवस्तुका ५ जना प्रदेश ५ का सांसदले कपिलवस्तुलाई राजधानी वनाउने प्रस्तावमा मतदान गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु जिल्लामा हुनुपर्नेमा माग राख्दै कपिलवस्तु स्थायी राजधानी अभियानले गरेको एक कार्यक्रममा आइतवार वोल्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    प्रदेशको राजधानी भालुवाङ्ग क्षेत्र तोकेको सन्दर्भमा अभियानले त्यसो विरोध गर्दै सभाको ध्यानाकर्र्षण सहित अन्तरसंवाद कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्ने सांसदहरुले स्थायी राजधानीका लागि जिल्लाका सबै पार्टी निकट सांसदहरु एकजुट भई आफना दबाबमुलक कार्यक्रमलाई अघि बढाउनु पर्ने बताएका छन । उनीहरुले भौतिक पूर्बाधारका अभाब भएको ठाउमा राजधानी बनाउने कार्य गलत भएको भन्दै कुनैपनि हालतमा राजधानी कपिलवस्तुमै हुनुपर्नेमा जोड दिएका हुन । 

    ऐतिहासिकता, भौगोलिकता, जनसंख्या, क्षेत्रफल र सुरक्षा लगायतका सबै हिसावले कपिलवस्तु स्थायी राजधानी उपयुक्त रहदा रहदै पनि कपिलवस्तुलाई उपेक्षा गरीनु गलत कार्य भएको कांग्रेस सांसद रिना नेपालले दावि गर्नु भयो । उहाले कांग्रेसका सांसदले कपिलवस्तुको पक्षमा मतदान गर्ने र भालुवाङ राजधानी तोक्ने हैकमवाद विरुद्ध लाग्ने वताउनु भयो । यस्तै सांसद माला गोतामेले ४२ लाख खर्चेर विज्ञ टोली समेत राखेर राजधानीको नाम र स्थान सिफारिस गर्न कार्यदल वनाउने अनि मुख्यमन्त्री शंकर पोखरेलले ओली र प्रचण्डवाट लेखाएर ल्याएर प्रदेश सभाको अपमान गर्ने भन्दै उनी यो देशका सबैभन्दा हैकमवादी मुख्यमन्त्री भएको दावि गर्नु भयो । मुख्यमन्त्री पोखरेलवाट ४२ लाख रकम बेरुजु देखाई असुल उपर गर्नु पर्ने तर्क गर्नु भयो । 

    अभियानका  संयोजक पोमनारायण पौडेलको अध्यक्षता र सचिव गिता अन्जानको संचालनमा भएको छलफल कार्यक्रममा समाजसेवि शुरेशराज शर्मा , देवि वर्मा ,बुद्धआवाज रेडियो र टेलिभिजनका अध्यक्ष विष्णु न्यौपाने , समाजसेवि डोलकराम घिमिरे अधिकारकर्मी रोमाकान्त घिमिरे, त्रिलोचन घिमिरे ,पत्रकर अशोक पौडेल लगायतले बोल्दै कपिलवस्तु राजधानी नवनाए सम्म प्रदेश सभाले गरेको घोषणा युगान्तकारी धोका हुने औल्याउनु भएको थियो । 

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६