अर्थ-वाणिज्य

प्रदेश सभामा मंगलवार मतदान,राजधानी भालुवाङवाट पछि कपिलवस्तु सर्ने सांसद पन्थीको उद्घोष



रुपन्देही १९ असोज । प्रदेश सभा ५ मा सोमवार नारावाजी, तोडफोड, कुर्सी फयाक्ने , सभाहलवाट निकाल्न आदेश दिने देखि लिएर सभामुखले पेलेरै अघि बढ्ने जस्ता संसदीय अभ्यास भए । केहि सांसदले होहल्ला र नारावाजी बीचपनि बोले । त्यसरी बोल्ने मध्ये कपिलवस्तुवाट निर्वाचित सांसद बिष्णु पन्थीले विश्व राजनीतिका केहि उदाहरण प्रस्तुत गर्दै आज कपिलवस्तु हुनुपर्ने वास्तविकता पन्छाएर भालुवाङ राजधानी तोकिदैछ भोली त्यो काम नलागेर कपिलवस्तु तोकेर अघि बढ्ने स्थिती आउने ठोकुवा गर्नु भयो । जहा  जे वनाउनु पर्ने हो त्यो नवनाउदा विश्वका धेरै देशमा राजधानी सर्ने गरेको उदाहरण दिदै त्यस्तै अवस्था आउने स्पष्ट संकेत गर्नु भयो ।

    यता सत्तारुढ दलका सांसद भोज प्रसाद श्रेष्ठले आफ्नै सरकारले र संसदमा सभामुखले गरेको ब्यवहार अलोकतान्त्रिक भएको टिप्पणी गर्नु भयो । सांसद श्रेष्ठले  रुपन्देही नै राजधानी हुनै पर्ने तर्क गर्नु भयो । जसपाका संसदीय दलका नेता शहसराम यादवले भालुवाङ राजधानी हुन नसक्ने वताउनु भयो  । सांसद श्रेष्ठले वोल्दै गर्दा सभामुखले माइक काटीदिएपछि उहाले हात उठाएर निरन्तर उभिएर विरोध जनाउनु भएको थियो ।  

    यता प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको हो । प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राजधानीको विषयमा विरोध कै बीच सभामुखले छलफलअघि बढाउनुभएको थियो । छलफल चल्दै गर्दा विरोध नरोकिएपछि सोमबारको बैठक स्थगित भएको हो । तोडफोड र नाराबाजी कै बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाउनुभएको थियो । १ बजे सुरु भएको बैठकमा सांसदहरुले विरोध जनाएपछि स्थगित भएको थियो । राजधानीको विषयलाई लिएर पाँच नम्बर प्रदेशसभामा तनाव भएको छ । नेपाली कांग्रेसको विरोधका बावजुद सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाएपछि थप तनाव उत्पन्न भएको हो ।

    बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास भए पनि सहमतिका लागि सांसदहरु तयार नभएपछि दुई घण्टापछि फेरि बैठक बसेको थियो । बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी र टेबुल तोडफोड गरेका थिए । कांग्रेसका सांसद बैजनाथ कलवार, अष्टभुजा पाठक, वसिउद्धिन खान, समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलगायतले कुर्ची र टेवल तोडफोड गरेका हुन ।

    सभामुखले कुर्ची तोडफोडकाबीच पनि बैठक जारी राखेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अधिकांस सांसदहरु प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने पक्षमा रहेका छन् भने नेपाली कांग्रेसलगायत केही दलका सांसदहरु त्यसको विरोधमा छन् । 

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६