अर्थ-वाणिज्य

दाङको पक्षमा ह्विप, रुपन्देहीका सवाल क्वीट ,कपिलवस्तुलाई स्वीप



कपिलवस्तु २० असोज । पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपा संसदीय दलले ह्विप जारी गरेको छ । सोमवार बसेको संसदीय नेकपा दलको बैठकमा बोल्दै मुख्यमन्त्री एव नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले अनिवार्य प्रस्तवको पक्षमा मत दिन सांसदलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री एवम प्रदेश इन्चार्जको निर्देशन पश्चात मुख्य सचेतक भूमिश्वर ढकालले सबै सांसदले ह्वीपको निसर्त  पालना गर्ने वताउनु भयो । यो संगै बुटवललाई राजधानी वनाउन माग गरेका असन्तुष्ट सांसदका सवाललाई सम्वोधन गरिएको छ ।  रुपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी घोषणा सहमति भएको छ । यसवाट स्पष्ट हुन्छ रुपन्देहीका सावल क्वीट अर्थात समाधान भएका छन् । 

    तर गौतमबुद्धको पावनभूमी कपिलवस्तुलाई राजधानी वनाईनु पर्ने जोडदार मागलाई सुनुवाई गरिएको छैन । त्यो सवाललाई स्वीप अर्थात बढारेर मिल्काउने काम भएकोछ ।त्यसो हुनुमा कपिलवस्तुको माग नजायज भएर होइन नेतृत्वले विवेक नपुराएर हो भन्नेमा २ मत छैन ।  यता संसदीय दलको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले रुपन्देहीलाई राजधानी बनाउने एजेण्डा सफल नहुने भए विशेष प्याकेज बनाउनुपर्ने प्रस्ताव राख्नु भएको थियो । सोही अनुसार रुपन्देहीको लुम्बिनी कोरिडोरलाई पर्यटकीय एवं आर्थिक राजधानी बनाउने निर्णय पनि संसदीय दलले गरेको प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भएको छ ।

    दलको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले आर्थिक, पर्यटकीय राजधानी रुपन्देही र प्रशासनिक राजधानी राप्ती भ्याली बनाइने योजना सुनाउनु भयो । तर उहाले कपिलवस्तुकालागि के क्षेतिपूर्ति दिने  एक शब्द पनि बोल्नु भएन कपिलवस्तुका सांसदको भनाइछ । अव नेकपाका सांसदहरुले असहमतिका बीच पनि भालुवाङमा राजधानी बनाउने प्रस्तावमा मतदान गर्नेछन् । प्रस्तावलाई मतदानबाट टुंग्याउने योजना छ । नेकपाको ह्विपपछि राजधानी भालुवाङ तोकिने सुनिश्चित  छ ।

    प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ । यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए उनीहरु पनि ह्वीपसंगै भालुवाङकै पक्षमा लाग्ने भएका छन्  । नेकपाका सचेतक भूमीश्वर ढकालले जेजस्ता आन्तरिक विवाद भए पनि अब ह्विप लागेकाले प्रदेशसभा सदस्यहरू राजधानी सार्ने पक्षमा मतदान गर्न तयार भएको बताउनु भएको छ ।

    जे होस दाङको पक्षमा ह्वीप लगाउदा रुपन्देहीका सवालको समाधान खोज्दा कपिलवस्तुलाई पनि उचित संवोधन गरिएको भए शाक्य गणराज्य कपिलवस्तु पनि यो प्रदेशको अभिन्न अंग हो भन्ने महशुस गर्ने थियो । त्यसो हुन नसक्दा सम्म कपिलवस्तुले न्यायको महशुस गर्नेछैन । 

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६