ब्रेकिंग न्युज

नेकपाको सचिवालय बैठक आज दिउँसो बस्ने



काठमाडौं, २० असोज । दुईपल्ट स्थगित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) दिउँसो बस्ने भएको छ ।अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ ।सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदूत सिफारिस गरेपछि अध्यक्ष दाहाल र उनका निकट नेताहरु असन्तुष्ट देखिएका छन् ।सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, यहिबीचमा प्रधानमन्त्रीका चार जना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६