प्रदेश

स्थायी राजधानीको ऐतिहासिक स्वागत, भालुवाङवासीको अभूतपूर्व उत्साह र आभार



 दाङ २० असोज प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानीको टुंगो लागेपछि दाङको भालुबाङमा अभूतपूर्व उत्साह प्रकट भएको छ भने त्यसकालागि कृयासिल प्रति आभार प्रकट भएको छ । स्थायी राजधानीको ऐतिहासिक जमघटका बीच  भव्य स्वागत गरिएको छ। भालुबाङमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएको स्थानीय अगुवा समशेर वहादुर थापाले प्रेसपाटीलाई  बताए। ‘प्रदेशसभाबाट ऐतिहासिक र न्यायिक निर्णय भएको छ। यसको हामी खुलेर स्वागत गर्दछौँ’, उनले भने, ‘प्रदेशसभाका माननीयसहित मुख्यमन्त्री शंकर पोखरेललाई सलामले अभिनन्दन गर्न चाहन्छौँ।

स्था    नीय सरकार, व्यवसायी, सर्वसाधारण, राजनीतिक दल, संघ संस्थाको तर्फबाट स्वागतको त गरिएको हो। नेपालको राष्ट्रिय झण्डा फहराएर, दीप प्रज्वलन गरेर राजधानीलाई स्वागत गरिएको छ।प्रतिनिधि सभा सदस्य गंगा थारु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतले राधानी घोषणाले प्रदेशका नागरिकको न्याय गरेको बताएका छन् ।प्रदेश सभामा राजधानी र प्रदेशको नाम बारे प्रस्ताव दर्ता गरेपछी राजधानीको बिषयले भालुबाङको चर्चा चुलियो । सबैले भालुबाङ्गलाई महत्वका साथ हेरेका थिए । त्यो हेराईले अहिले पूर्णता पाएको छ ।

    भालुबाङ्ग दाङको मात्रै बजार होइन, यो रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी लगायतको बजार हो । त्यही भएर भालुबाङ्ग सबैको नजरमा पर्यो ।दाङलाई केन्द्रिय राजधानी बनाउने नेपाल मजदुर किसान पार्टीले २०६४ र २०७० सालको निर्वाचनमा आफ्नो चुनावी घोषणापत्रमा समेत उल्लेख थियो । पटक–पटक राजधानीको चर्चामा रहेको दाङ देउखुरी उपत्यका प्रदेश नं। ५ को राजधानी तोकिएपछी बर्षौं अघी देखिएको सपना पुरा भएको हो । दाङमा प्रदेश स्तरीय उच्च अदालत र प्रहरी कार्यालय यस अघीनै स्थापना भैसकेका थिए । तर, राजधानीको सपना भने अधुरै थियो ।

     प्रदेश सभाको दुई तिहाइ मतले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्षेत्रलाई तोकेर प्रदेश राजधानी बनाउने निर्णय गरेको छ । यो निर्णयले उत्साह छाएको छ ।‘प्रदेश ५ को राजधानी बनाउने प्रदेश सभाबाट भएको निर्णयको स्वागत गर्दछौं । अव यो निर्णय चाँडो कार्यान्वयन होस’भालुबाङका अगुवा गुञ्जबहादुर बिष्टले भने–‘हाम्रो क्षेत्रमा संसद बैठक बसाल्न, मन्त्रालय राख्न प्रसस्त संरचना छन् । राजधानी सार्न ढिलो गर्न हुन्न ।’ प्रदेशको मध्यविन्दुमा राजधानी राख्ने निर्णय गरेर सबैको भावनाको उचित कदर गरेको यहाँका सर्वसाधारणले प्रतिकृया दिएका छन् ।

    ‘सबै जिल्लाको समान दुरीमा राजधानी बसाल्ने निर्णय भएको छ । यो धेरै सुखद निर्णय हो’स्थानीय व्यवसायी टोपबहादुर कार्कीले भने–‘राजधानी राख्ने ऐतिहासिक निर्णयको घर घरमा दिप बालेर स्वागत गर्छौं ।’प्रदेश ५ सरकारले भालुबाङलाई आधार मानेर एउटा नयाँ शहरको परिकल्पना गरेको छ । जुन शहर नमुना शहर बन्ने छ । राप्ती नदीको किनारलाई सदुपयोग गरेर एक सय बर्ष पछी पनि महत्व रहने परिकल्पना गरिएको छ ।भालुबाङ सहित देउखुीलाई एउटा नमुना शहरको रुपमा बनाइने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रतिकृया दिए । ‘भालुबाङलाई वस्तीलाई व्यवस्थीत गर्छौं ।

    सार्वजनिक स्थलहरुको पहिचान गर्छौं’प्रदेश सभा सदस्य शर्माले भने–‘सबैभन्दा सुन्दर बनाउन सकिन्छ । धेरैलाई मन पर्ने बनाउन सकिन्छ । भालुबाङ सहित दाङ देउखुरी सहित समग्र प्रदेशको सम्भावना र विकासलाई अव कसैले रोक्न सक्दैन ।’‘संरचनाको कमी छैन, बैठक बसाल्न सक्छौं।राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले तत्काल प्रदेश सभाको बैठक राख्नको लागी संरचनाको अभाव नहुने बताएका छन् ।

    उनले राजधानीको लागी चाहिने संरचना राप्ती प्राविधिक शिक्षालयमा रहेकाले तत्काल बैठक बसाल्न, मन्त्रालयको काम कारबाही अघी बढाउन सकिने बताए ।‘हामीलाई संरचनाको अभाव छैन् । जग्गा पनि प्रसस्त’उनले भने–‘१६ विगाहको प्लटमा शिक्षालयका भवनहरु बनेका छन् । शिक्षालयलाई विकल्प दिएर हामीले मन्त्रालय र सदन राख्न सक्छौं ।’

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६