प्रदेश

महाभारत पर्वत श्रेणीमा देखा परयो नयाँ लुम्विनी,दिपावलीमा बन्यो मानव साङलो



कपिलवस्तु २१ असोज । भारतले बुद्धको राजधानी प्राचिन कपिलवस्तरको नक्कलगरी विश्वलाई झुक्काउने कोशिस गरेपनि नक्कली लुम्विनी बनाएको जानकारी छैन । रुपन्देहीको समथर भूभागमा रहेको लुम्विनी वारे कहिकतै द्विविधा छैन । तर पछिल्लो पटक बुद्ध जन्मस्थल लुम्विनी महाभारत पर्वत श्रृंखलाको खोचमा नयाँ स्वरुपमा फेला परेको छ । नयाँ स्वरुपमा लुम्विनी फेला परेको दिन असोज २० मा ती महाभारत पर्वत श्रृंखलामा दिपावली भएको छ भने वास्तविक लुम्विनी रहेको रुपन्देहीमा ब्लेक आउट ।

    नयाँ बृहत्त लुम्विनी दाङ देउखुरीको राप्ती र गढवा, अर्घाखाँचीको शीतगंगा नगरपालिकाका दुई वटा वडासँगै प्युठानको सरूमारानी गाउँपालिकाका १ र २ वडासँग जोडिएको क्षेत्रमा केन्द्र भाग रहेको छ  । यी सबै ठाउँ महाभारत पर्वत श्रेणीको दक्षिणी काखमा अवस्थित राप्ती नदीको किनारका फाँटहरु हुन् ।यी फाटहरुमा असोज २० मा अपार दिपावली भयो । साढे २६ सय वर्ष पहिले फेला परेको वाीस्तविक लुम्विनी क्षेत्र  सागुरो रहेकोमा फराकिलो भएका दिन रुपन्देहीमा ब्लेक आउट गर्ने निर्णय भने नेपालकै पुरानो राजनैतिक शक्ति कांग्रेस रुपन्देहीले गरेको हो । सायद इतिहासले नयाँ लुम्विनी फेला पर्दाका     क्षणमा भएको दिपावली र ब्लेक आउटको कटु समिक्षा गर्दा एउटा कदम ऐतिहासिक भूल सावित गर्नेछ ।

    प्यूठानको सरुमारानी र सितगगा हुदै बलेको दिप घोराहीको शहीद गेट, तुलसीपुरको वीरेन्द्र चोक, लमहीको ठूलो भवन अगाडि, भालुवाङको कृष्णसेन चोक, गढवाको गढवा चोक र हापुरेको हापुरे बजारको बीच चोक लगायतका ठाउँमा प्रज्वलन भएको हो । प्रदेश नम्बर ५ सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै महाभारत पर्वत श्रृंखलामा खुसीयाली मनाइएको हो । दाङको भालुवाङ क्षेत्र राजधानी घोषणा भएपछि विशेषगरी भालुवाङसहित जिल्लाका सबै ठाउँमा खुसीयाली मनाइएको हो  ।प्रदेश सभामुखले दाङको भालुवाङ क्षेत्र राजधानीको प्रस्ताव पारित भएको घोषणा गरेसँगै घोराहीमा दाङ राजधानी सरोकार समितिले बाजा गाजासहित दीपावली गरेको छ ।

    तत्कालीन माओवादी र सरकारबीच वार्ता भएको पश्चिम दाङको हापुरे, तुलसीपुर, घोराही, लमही, भालुवाङलगायतका ठाउँमा दीपावली गरिएको छ । राजनीतिक दलहरुले पनि आ–आफ्नै तरिकाले दीपावली गरेका छन् । अहिलेको राजधानीले सबैको भावनाको प्रतिनिधित्व गरेको दाङका स्थानीयहरुले बताएका छन् ।।प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोकिएको खुसीयालीमा विभिन्न सङ्घ संस्थाले मङ्गलबार बेलुकी जिल्लाका विभिन्न ठाउँमा बाजा गाजासहित दीप प्रज्वलन गरेको छ  ।यसैबीच नेपाल कम्यनुस्ट पार्टी नेकपा दाङले गाउँ–गाउँमा बेलुकी ६ बजे दीपावली गर्न अपिल गरेको थियो । अध्यक्ष टीकाराम खड्काले प्रदेश राजधानी न्यायोचित ढङ्गबाट भालुवाङ घोषणा गरिएकाले खुसीयाली मनाउन थालिएको जानकारी दिनुभयो । जिल्लाका सबै बजार तथा ग्रामीण क्षेत्रमा सामाजिक दुरी कायम गर्दै दीप प्रज्वलन गर्न नेकपाले अपिल गरेको थियो ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६