ब्रेकिंग न्युज

नेपालको पूर्वी क्षेत्रमा न्यून चापीय प्रभाव,वर्षाको सम्भावना



काठमाडौं, २१ असोज । नेपालबाट अझै पनि मनसुन पूर्ण रुपमा बाहिरिएको छैन । नेपालबाट मनसुन पूणर्रुपमा बाहिरिन अझै केहि दिन लाग्ने मौसमविदले बताएका छन् ।बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश-१, प्रदेश २ र बागमति प्रदेश मा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ । प्रदेश-१ का एक-दुर्ई स्थानमा वर्षा भइरहेको छ ।बुधबार प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

          प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बिहीबार प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।शुक्रबार प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश-१ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६