ब्रेकिंग न्युज

लामो दूरीको गाडीमा दुई जना चालक अनिवार्य



काठमाण्डौ २१ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिनभित्रै दशैँ, तिहार, छठ सुरक्षा योजना ल्याउने तयारी गरेको छ ।ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिनुभयो । चाडपर्वको समयमा काठमाण्डौ बाहिर जाने यात्रुलाई भिडभाड हुन नदिने, टिकट किनबेचमा ठगी हुन नदिने, दुर्व्यवहार रोक्ने लगायत उदेश्यसहित ट्राफिक प्रहरी महाशाखाले गृहकार्य गरिरहेको प्रमुख ढकालले बताउनुभयो ।

    यस्तै ट्राफिक प्रहरीले लामो दूरीको गाडीमा दुई जना चालक राखिएको छ कि छैन भनेर अनुगमन गर्ने भएको छ । नागढुंगामा राखिएको एप्समार्फत चालक परिवर्तन गरिएको छ कि छैन भनेर हेरिने महाशाखाले जनाएको छ । गएको वर्षदेखि अहिलेसम्म दुईजना चालक नराख्ने पाँचसय गाडीलाई कारबाही गरिएको छ ।

       यस्तै महाशाखाले काठमाण्डौमा विभिन्न १४ ठाउँमा हेल्प डेस्क राख्ने भएको छ । यसैबीच, पछिल्लो हप्ता काठमाण्डौबाट बाहिरिनेको संख्या बढेको छ । केही दिनअघि दैनिक १ हजारको संख्यामा बढिरहेको यात्रुको संख्या हिजो एकैदिन ६ हजारभन्दा धेरै बढेको छ । महाशाखाका अनुसार जोर बिजोरको कार्यन्वयन नगर्ने गाडीहरु दैनिक १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् ।

       यस्तै भिडभाड गर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने गाडीहरु हरेक दिन ७ देखि १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् । महाशाखाले बढि भाडा लिनेलाई पनि कारबाही गरिरहेको छ । हिजो मात्रै बढि भाडा लिने ५ जनालाई पक्राउ गरि कारबाही पक्रिया अघि बढाइएको महाशाखाका प्रमुख ढकालले  बताउनुभयो ।महाशाखाले कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रहसमेत गरेको छ ।उज्यालो 

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६