शिक्षा

शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न सरकारले दियो अनुमति



काठमाडौँ २१ असोज ।सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

     स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरुलाई पालना गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालनको पनि अनुमति दिने निर्णय गरेको छ ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६