कपिलवस्तु असोज २१
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दसैमा दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध लगाएको छ । भिडभाड भई कोरोना संक्रमण फैलिन सक्ने देखिएको हुँदा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनु भयो । कपिलवस्तु जिल्लामा दसैको बेलामा गाउँ गाउँमा मूर्ति राख्ने प्रचलन रहेको छ । प्राय जसो मधेसी समुदाय र थारु समुदायले माटोले बनेका मूर्ति पुजा गर्ने परम्परा रहेको छ ।
मूर्ति बनाउनका लागी भारतीय कालिगड नेपाल आउने समेत गरेका थिए । नेपालीहरु सिमाबर्ती भारतीय बजारमा गई मूर्ति ल्याई पुजा गर्ने गर्दै आएका थिए । रोक लागे पछि पछि सचेत भई घर मै बसेर दसै मनाइने बुद्धभुमी १० का शिवलाल यादवले बताउनु भयो । दुर्गा मूर्ति बिसर्जनका क्रममा कपिलवस्तुमा पटक पटक हिन्साका घटना समेत भएका थिए । गत वर्ष मूर्ति बिसर्जनका क्रममा झडपका क्रममा कृष्णनगर नगरपालिकामा प्रहरीको गोली लागी एक जनाको मृत्यृ समेत भएको थियो । प्रशासन कार्यालय बिज्ञप्ती जारी गर्दै बाजागाजा नबजाउन र भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया