लुम्बिनी

कोरोना संक्रमणबाट २९ वर्षीया महिलाको मृत्यु



बाँके, २२ असोज । कोरोना भाइरस संक्रमणबाट मेडिकल कलेज कोहलपुरमा एक २९ वर्षीया महिलाको ज्यान गएको छ ।सुर्खेत घर भई मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित २९ वर्षीया महिलाको बुधबार बेलुका मृत्यु भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार उनको यही असोज १३ गते स्वाव संकलन गरिएको थियो । त्यसको दुई दिन पछि रिपोर्ट पोजेटिभ आएको थियो । त्यसै दिन उनलाई कोभिड आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो ।रोगको प्रकृति अनुसार सबै किसीमको उपचार गर्दा पनि विरामीको स्वास्थ्य अवस्था सुधार नभएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् । कोरोना संक्रमणको कारण उनलाई निमोनिया भएको र बचाउन नसकिएको कोहलपुर शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६