कपिलवस्तु असोज २२
म्याद नाघेको जुस फेला परे पछि एक तर्फी रुपमा समाचार आए पछि मायाज होटेल ध्याना कर्षण गराएको छ । बुधवार गोरुसिंगे बजारका आधा दर्जन पसलमा म्याद नाघेका जुस , कोक , प्याकेटमा चिप्सहरु म्याद नाघेको फेला परेको थियो । समाचारमा होटल मायाजको मात्र नाम जोडेर प्रकासन भएको थियो । जिल्ला प्रसाशन कार्यालयको टोली मायाज होटल सहित अन्य पसलमा अनुगमन गर्ने क्रममा कोक र जुस म्याद नाघेका फेला परेको थियो ।
‘समाचारमा भने जस्तै गरी ग्राहकको स्वास्थ्य स्थितीमा खेलवाड गरीएको छैन । डिलरले १ महिना अगाडी दिएको सामाग्री म्याद नाघेको रैछ । ख्याल गरीएन । होटेलमा किचनको अनुगमन गर्दा राम्रो अवस्थामा रहेको छ , ’ होटेल संचालक हरी शर्माले बताउनु भयो । म्याद गएका जुस र कोक अन्य पसलमा समेत रहेको थियो । डिलरको बदमासीले गर्दा होटेललाई समेत आघात हुने गरी समाचार आउदा आफु मर्कामा परेको शर्माले भन्नु भयो । समाचार प्रकाशन गर्दा स्पष्टीकरणको मौका समेत नदिदा दुख प्रकट गर्नु भएको थियो ।
बजार भरी म्याद नाघेका खाद्य पदार्थ फेला परे पछि सहायक प्रमुख जिल्ला अधिकारीले फोन मार्फत इलाका प्रसाशन कार्यालय बाणगंगालाई डिलरमा अनुगमन गर्न आग्रह गर्नु भएको थियो । बाणगंगामा अनुगमनका क्रममा डिलर मै म्याद नाघेका खाद्य बस्तु फेला परेका थिए ।
प्रतिक्रिया