ब्रेकिंग न्युज

पत्नीले गम्भीर अभियोगसहित प्रहरीमा उजुरी दिएपछि पूर्वउपप्रधानमन्त्रीका निजी सचिव पक्राउ



काठमाडौं २२ असोज । पत्नीले नै गम्भीर अभियोगसहित प्रहरीमा उजुरी दिएपछि पूर्वउपप्रधानमन्त्रीका निजी सचिव (पिए) पक्राउ परेका छन । जनता समाजवादी पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवका निजी सचिव महेशकुमार तमौली (महेश चौरसिया) लाई प्रहरीले पत्नीको किटानी जाहेरीको आधारमा पक्राउ गरेको हो ।

    चौरसियाबिरुद्ध उनकै पत्नीले विद्युतीय अपराध (साइबर अपराध) को उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।पत्नीले आफूबिरुद्ध गम्भीर अपराध गरेको भन्दै उजुरी दिएपछि काठमाडौं प्रहरी परिसरले चौरसियालाई असोज ८ मा नियन्त्रणमा लिएको हो । उनलाई सुरुमा ५ दिन म्याद थप गरिएको थियो ।

         असोज १२ मा पुनः १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । राठौरका अनुसार चौरसियाले श्रीमतीलाई धम्कीपूर्ण र गालीगलौजयुक्त म्यासेज पठाएको र सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।

      पत्नीले आफूबिरुद्ध गम्भीर अपराध गरेको भन्दै उजुरी दिएपछि काठमाडौं प्रहरी परिसरले चौरसियालाई असोज ८ मा नियन्त्रणमा लिएको हो । उनलाई सुरुमा ५ दिन म्याद थप गरिएको थियो । असोज १२ मा पुनः १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनका बिरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ । विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई विद्युतीय अपराध (साइबर अपराध) मानिन्छ ।

     कम्प्युटरलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानुनले निषेध गरेको क्रियाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ । एसपी राठौरका अनुसार चौरसियाले श्रीमतीलाई फेसबुक र म्यासेन्जरमा गालीगलौज र धम्की दिएको देखिएको छ । बाँके प्रहरीमा उजुरी परेको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६