प्रदेश

प्रदेश ५को रुपन्देहीमा धेरै मानविय क्षेती



भैरहवा २२ असोज प्रदेश ५ को रुपन्देहीले अहिले सम्म प्रदेश ५मा सबैभन्दा धेरै मानविय क्षेती ब्यहोरेको छ । बुटवलमा बीहिवार थप एकजना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या ३० पुगेको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका ६ का ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । अस्पताल भर्ना भएकै दिन उनमा संक्रमण पुष्टि भएको थियो । गौतमका अनुसार उनी मधुमेह र उच्च रक्त चापका बिरामी थिए ।

    यस्तै कोरोना भाइरस संक्रमित रहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको छ।बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो ।

    उनलाई प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए। केसीका अनुसार उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब भएको थियो।४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३० पुगेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६