प्रदेश

शिक्षिकालाई यौन दुरब्यवहार गर्ने शिक्षक पक्राउ



दाङ २२ असोज ।  शिक्षिकालाई यौन दुरब्यवहार  गरेको अभियोगमा घोराहीका एक शिक्षक पक्राउ परेका छन् ।घोराहीस्थित एक विद्यालयमा कार्यरत शिक्षक शिवकुमार रानालाई सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका अधारमा पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

रानाले शिक्षिकालाई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालय प्रशासनले रानालाई बर्खास्त गरेको छ ।विद्यालयले बुधबार विज्ञप्ती जारी गरी शिक्षक रानालाई सेवाबाट बर्खास्त गरी कानूनी कारबाहीको प्रक्रियामा सहयोग गर्ने जानकारी दिएको छ ।भिडियो सार्वजनिक भएपछि बुधबार नै रानालाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

     यस्तै  दाङमा एक किलो सुनसहित ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका ९ अमलियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।घोराहीबाट नेपालगञ्ज लैजान लागेको गोप्य सूचनाको आधारमा गाडी चेकजाँच गर्दा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६