प्रदेश

लुम्विनी बिकास कोषमा शाक्य , वायूसेवामा पौडेल नियुक्त



भैरहवा २३ असोज । नेपाल सरकारले लुम्विनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ। काठमाडौंका शाक्य बुद्धिजममा स्नातकोत्तर हुन्।सरकारले प्रदेश ५ वाट नेकपा र प्रदेश सरकारले सफारिस गरेका कपिलवस्तुका डम्मर प्रसाद शर्मा सहितका ब्यक्तिलाई नियुक्त नगरि काठमाण्डौलाई नै फेरीपनि  अवसर दिएको छ । यता मन्त्री परिषद बैठकले  नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेल नियुक्त गरेकोछ ।

     मन्त्रिपरिषदको विहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो।पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो। पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्। निगमको महाप्रबन्धक हुने भएपछि उनले केही दिनअघि बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए।निगममा पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्षका रूपमा कार्यरत थिए। अब उनी अध्यक्षको भूमिकामा रहनेछन्। 

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६