काठमाडौ २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सल्लाहकारहरूमा देखिएको कोरोना निको भएको छ।रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण भएको थियो।थापाका अनुसार पछिल्लोपटक गरिएको तीनै जना सल्लाहकारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।उनीहरूका परिवारका सदस्यको पनि रिपोर्ट नेगेटिभ आएको छ। थापाले फेसबुकमार्फत् उक्त जानकारी दिँदै एक साता बित्दानबित्दै कोरोनाबाट निको भएको उल्लेख गरेका हुन्।
२३ आश्विन २०७७, शुक्रबार
प्रतिक्रिया