ब्रेकिंग न्युज

सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षको असन्तुष्टि



काठमाडौं २३ असोज । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ ।सरकार र डा.केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप वार्ता हुन सकेको छैन । डा.  केसी पक्षले अपराहृन ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।२९ भदौदेखि अनसन बसेका डा. केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि भएको चिकित्सकहरुले बताएका छन् ।निमोनिया हुनसक्ने लक्षणहरु देखिएकाले थप परीक्षण भइरहेको छ । डा. केसीको छातीको सिटीस्क्यान गनुपर्ने मेडिकल टिमका इन्चार्ज डा. सुवास आचार्यले बताए ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६