शिक्षा

सिद्धार्थ क्याम्पसकी पौडेल विविएस प्रथम वर्षमा कपिलवस्तु जिल्ला प्रथम



कपिलवस्तु २४ असोज । त्रिभुवन विश्वविद्यालयद्वारा हालै प्रकाशित भएको व्यवस्थापन संकाय अन्तर्गतको चार वर्षे विविएस प्रथम वर्षको नतिजामा सिद्धार्थ क्याम्पस बाणगंगाकी छात्रा यमुना पौडेल कपिलवस्तु जिल्ला प्रथम हुनुभएको छ । छात्रा पौडेलले ६८.०२ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रथम हुनुभएको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो ।जिल्ला भित्र रहेका सामुदायिक तथा नीजि क्याम्पसबाट उक्त परीक्षामा सहभागि भएका विद्यार्थी मध्ये पौडेलको सर्वोत्कृट अंक रहेको दावि क्याम्पस प्रमुख शर्माको रहेको छ ।

 शर्माले जिल्लामा विविएस सञ्चालित सबै क्याम्पसहरुको नतिजाको आधारमा यस्तो दावि गरिएको बताउनु भएको छ । यस अघि गत असारमा प्रकाशित चार वर्षे वि. एड. प्रथम वर्षको नतिजामा पनि यसै क्याम्पसकी  छात्रा अरुणा अर्यालले ६५.६७ प्रतिशत अंक प्राप्त गरि ५ नं प्रदेश प्रथम साथै  नेपालमै १३ औं स्थानमा पर्न सफल हुनुभएको थियो ।अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको क्यूएए मान्यता प्राप्त गरेको यस क्याम्पसले विगत देखि नै विश्वविद्यालयमै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । 

 वि.सं २०६९ सालमा यस क्याम्पसकी छात्रा बसुन्धरा भुसालले विएड तर्फ नेपाल प्रथम भई ‘नेपाल छात्रा विद्या पदक’ समेत प्राप्त गर्नुभएको थियो भने गत वर्ष मात्रै यसै क्याम्पसकी छात्रा निरमा भण्डारी विविएसको नतिजामा विश्वविद्यालय टप टेनमा पर्न सफल हुनुभएको थियो । २०४८ सालमा स्थापित यस क्याम्पसले विगतदेखि नै विभिन्न विषय र तहका परीक्षामा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६