ब्रेकिंग न्युज

लुम्बिनीका प्रदेशका मन्त्री र सभामुखलाई कोरोना ,के छ पछिल्लो अवस्था ?



बुटवल २३ असोज लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण) मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले बताउनुभएको छ । २ दिनअघि देखि रुघा लागेपछि मन्त्री केसीले बिहान पीसीआर परीक्षण गरेका थिए । बिहान ११ बजे आएको नतिजामा उहालाई कोरोना पुष्टि भएको हो ।

    उहा अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा छन् । उहामा रुघाबाहेक कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।यता लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक गणेश ओलीले जानकारी दिनुभयो

    ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको ओलीले बताउनुभएको छ । यस्तै बुटवलमा संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का सचिव सीपी खनालसहित तीनजना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बुटवलमा ३२ जना नयाँ संक्रमित थपिएका छन् । बुटवलमा हाल ५९० जना सक्रिय संक्रमित रहेका छन् ।

    यसैबीच  भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचाररत एक व्यक्तिको कोभिड संक्रमणका कारण शुक्रबार मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष हुन् । उनी गत बुधवार अस्पतालमा भर्ना भएका थिए । बुधवार भर्ना भएका ती बिरामीलाई बिहीबार कोरोना संक्रमण देखिएपछि भेन्टिलेटरमा राखि उपचार गरिएकोमा शुक्रबार मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत तेज केसीले बताउनुभयो । अस्पतालमा उपचाररत रहेका बिरामीमध्ये शुक्रबारमात्रै ५ जनामा कोरोना पोजेटिभ देखिएको उहाले जनाउनुभयो ।

    यसैगरी कोरोना संक्रमणबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीकी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा बिहीबार राति ९ बजे कोरोना संक्रमणबाट उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभएको छ । उहालाई श्वासप्रश्वास सम्बन्धी समस्या र कोभिड १९ को संक्रमण थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६