ब्रेकिंग न्युज

प्रदेश अनुसारका उपभोक्ता केन्द्रित बिशिष्ट सहकारी स्थापना हने



काठमाडौ २४ असोज । राष्ट्रिय सहकारी महासंघले सातवटै प्रदेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ स्थापना पहल गर्ने बताएको छ । महासंघको संचालक समितिको बैठकले प्रत्येक प्रदेशमा एक विशिष्टिकृत संघ रहने गरी सातै प्रदेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।महासंघको पहलमा प्रदेश स्तरिय विशिष्टिकृत संघको स्थापना गरिने महासंघ अध्यक्ष मिनराज कँडेलले जानकारी दिए ।

    सरकारको चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलव्ध गराउन उद्देश्यले प्रत्येक प्रदेशमा सहकारी संस्थाहरुकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार हाल महासंघले उक्त कार्ययोजना कार्यान्वयन गर्न लागेको हो । उक्त कार्यका लागि सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई जिम्मेवारी दिने निर्णय भएको महासंघले जनाइएको छ ।

    महासंघले गरेको सम्भाव्यता अध्ययनका आधारमा सातवटै प्रदेशमा कम्तिमा एक थोक उपभोक्ता विशिष्टकृत सहकारी संघ स्थापना गरी उत्पादक र उपभोक्तालाई गुणस्तरीय र सहज मूल्यमा आवश्यक सामाग्री उपलब्ध गराउने गरी यो कार्यक्रम ल्याइएको महासंघका अध्यक्ष कँडेलले बताए ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६