कपिलवस्तु असोज २४
बुद्धभुमी नगरपालिकाको ईमिलिया बजारमा पनि म्याद नाघेका खाद्यवस्तु फेला परेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमन गर्दा प्याकेटमा राखिएका खानेकुरा र पेय पदार्थमा मिति नाघेका फेला परेको हुन ।
ईमिलिया हाटवजार चोक अगाडीका २ किराना पसल लगायतका पसलमा भेटिएका कोक, फ्यान्टा र स्प्राईट ( सिसाको बोत्तलमा रहेको सबै म्याद नाघेका फेला परेका थिए । जुस , प्याकेटका चिप्समा समेत म्याद नाघेको थियो । पसलमा बिक्री गर्न राखिएको फेला परे पछि सचेत गराई नष्ट गराएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।
प्रशासनले बजार अनुगमनका क्रममा धेरै पसलहरुमा म्याद नाघेको खाद्यवस्तु फेला परेको छ । अधिकांस पसलमा कोक , फ्यान्टा, स्प्राईट , माउन्टेन डिउ , रियलका जुसहरु , प्याकेटका खानेकुरा कुरकुरे , यु एण्ड मि लगायतका खाद्यवस्तु म्याद नाघेका भेटिएका छन् ।
प्रतिक्रिया