ब्रेकिंग न्युज

नेपालमा आज थप १० जना कोरोना सङ्क्रमितको मृत्यु



काठमाण्डौ २५ असोज । नेपालमा आज थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।  बुटवलका तीन जना र  तिलोत्तमाका एक जनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमका अनुसार बुटवल ११ की ६१ वर्षकी महिला, बुटवल १ का ७० वर्षका पुरुष, बुटवल ११ का ८४ वर्षका पुरुषको अस्पताल लैजाने क्रममा बाटोमै र रुपन्देही तिलोत्तमा ३ की ६६ वर्षकी महिलाको दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ज्यान गएको हो ।

          यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन  जनाको ज्यान गएको छ । सुनसरीको दुहवीका ६४ वर्षका पुरुष र धनकुटाकी ६१ वर्षकी महिलाको आज बिहान ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

            उहाँका अनुसार धरान-८ की एक महिलाको गएराति ज्यान गएको छ । यसैगरी बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकका ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ की ७१ वर्षकी महिलाको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

          यस्तै भरतपुर महानगरपालिका वडा नं १ की ७५ वर्षकी वृद्धाको चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भएकी उहाँको अस्ति पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६