ब्रेकिंग न्युज

चाडपर्वमा कालोबजारी र महंगीका अनुगमन गर्न उपसमिति गठन



 काठमाडौं २५ असोज । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महंगीका सम्बन्धमा अनुगमन गर्न उपसमिति गठन गरेको छ ।आइतबार बसेको समितिको बैठकले यसवर्षको छठ पर्वसम्म म्याद रहने गरी पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र माया देवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही) सुजाता परीयार सदस्य छन् ।

            एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।चाडपर्वको समयमा हुन सक्ने महंगी र कालोबजारीका विषयमा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने जिम्मेवारी उपसमितिलाई दिइएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए ।‘पछिल्लो समय पानीको मुल्य बढेको छ । नुनको मुल्य बढेको विषय आइरहेको छ । यी लगायत उपभोक्तालाई मारमा पार्ने गरी हुन सक्ने महंगी, अस्वस्थ खाद्य पदार्थको बिक्री, महंगी यावत कुरामा उपसमितिले अध्ययन र अनुगमन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गर्नेछ’ उनले भने ।

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६