पर्यटन

आयो नयाँ परियोजना :स्थानीय सरकारको साझेदारी, गाई र गिद्धमा हक बराबरी



कपिलवस्तु २५ असोजकपिलवस्तु प्रशासनले राखेको स्थानीयतहका प्रमुख र राजनैतिकदलको संयुक्त बैठकले नयाँ नजिर स्थापित गरेकोछ । त्यो हो —“स्थानीय सरकारको साझेदारी गाई,गाइ र गिद्धमा हक बरावरी ।” यसप्रकारको परियोजना  संभवत नेपालकालागि नया हुनुपर्छ ।  कपिलवस्तुका स्थानीय सरकार मध्ये ३वटाको साझेदारीम कपिलवस्तुको शिवराज नगरपालिकामा  छाडा चौपाया ब्यवस्थापनमा नयाँ शैली अपनाएको हो । 

    जंगलमा काञ्जिहाउस स्थापना गरिनेछ भने त्यहावाट मृत्यू भएका चौपायाको खपतकालागि नजिकमै गिद्ध रेष्टुरेष्ट संचालन गरिनेछ । काञ्जिहाउस र गिद्ध रेष्टुरेण्ट फरक फरक पालिकामा स्थापना हुनु नौलो कुरा होइन तर एउटै परियोजनाको दुई कम्पोनेण्टका रुपमा यी काम एउटै स्थानीयतहमा भएको भने प्रदेश ५ को यो पहिलो हो । विवरण अनुसार छाडा चौपाया ब्यवस्थापनकालागि कपिलस्तुको शिवराज नगरपालिका– ३ वन क्षेत्रमा काञ्जिहाउस र गिद्ध रेस्टुरेन्ट संचालन गरिने भएको छ । नगरपालिको अर्घाखाची जिल्लासंग मिसा जोडिएको वन क्षेत्र भित्रमा  बुढा गाईगोरु राख्न कान्जी हाउस  स्थापना गरिने  भएको हो । 

    जिल्ला प्रशासन कार्यालयमा छाडा गाईबस्तुको ब्यवस्थापनकालागि जिल्लाका पालिका प्रमुखहरुसंग भएको समन्वयात्मक बैठकमा सो निर्णय भएको हो । छाडा चौपयाहरुको संख्या दिनहु बढदै गएपछि कृषकहरु मर्कामा परको भन्ने गुनासो आए पछि स्थानीय तहको अगुवाईमा शिवराज नगरपालिकामा कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालन गर्ने निर्णय भएको प्रजिअ दीर्घ नारायण पौडेलले बताउनु भयो । ‘ कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालन भए पछि छाडा चौपायको समस्या केहीकद सम्म समाधान हुनेछ ’ उहाले भन्नु भयो । 

    कान्जी हाउसमा कपिलवस्तु, बुद्धभुमी र शिवराज नगरपालिकामा छाडा छाडिएका बुढाखाडा गाईबस्तुहरु राखिने छन । कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालनकालागि सो ३ वटा नगरपालिकाले ५ लाखका दरले रकम उपलब्ध गराउने कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बताउनु भयो । सो रकम कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट ब्यवस्थापन समितिलाई दिईने उहाले औल्याउनु भयो  । शिवराज नगरपालिकाका मेयर नेत्र प्रसाद अधिकारीले आफनो पालिका भित्र वन क्षेत्रमा कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालनकालागि पर्याप्त जग्गा रहेको तर्क गर्नु भयो 

     उहाले कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालनकालागि तयारी गरेको जानकारी दिनु भयो । बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले अब ३ वटा नगरपालिकाको छाडा चौपायाको समस्या समाधान हुने स्पष्ट पार्नु भयो । उता सुद्धोदन गाउपालिका– ३ मा निर्माणधानी रामजानकी अनाथ गौचालामा दुबै पालिकाका छाडा चौपाया राख्ने समेत बैठकमा निर्णय भएको छ । गौचाला संचालनकालागि दुबै पालिकाले संयुक्त लगानी गर्ने सुद्धोदन गाउपालिकाका प्रमुख निसार अहमद खाले वताउनु भयो । उता बाणगंगा, कृष्णनगर र महाराजगंज नगरपालिका र यशोधरा र बिजयनगर गाउपालिकाले आ– आफनै तरिकाले छाडा चौपाय ब्यवस्थापन गर्ने जनाएका छन । यस्तै तौलिहवा देखि लवनी सम्म बिद्यतुको ३३ केभिए लाईनको राईट आफ बे भित्र पर्ने १० वटा घर समेत भत्काउने निर्णय भएको छ । 

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६