ब्रेकिंग न्युज

अविश्वास प्रस्ताव : केन्द्रको छाल की मुख्यमन्त्रीको बेताल ?



सुर्खेत २६ असोज ।पार्टी केन्द्रलाई नै ‘सरप्राइज’ दिदै सत्तारुढ नेकपाकै सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि धेरै जिज्ञाशा छ, ‘केन्द्रको छायाँ की मुख्यमन्त्रीको अलोकप्रियता रु’ निकै लामो आन्तरिक किचलोबाट विस्तारै बाहिर निस्किन खोजिरहेको सत्तारुढ नेकपा भित्र फेरि विवाद चर्किने खतरा पनि उत्तिकै देखिरहेका छन् ।आइतबार नेकपाका १८ सांसदहरूले मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु कुनै एउटा समूहका मात्रै भने छैनन् । पार्टीभित्र सक्रिय तीन गुट अर्थात् प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट तिनै समूहका सांसद मुख्यमन्त्रीको विपक्षमा उभिएका छन् ।मुख्यमन्त्री शाहीले काम गर्न नसकेको भन्दै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ ९१० बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । ४० सदस्सीय कर्णाली प्रदेशमा नेकपाका ३३ जना सांसद छन् । जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद यो प्रक्रियामा सहभागी बन्न पाउछन् । ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ३३ सांसद मध्ये २० जना पूर्वएमाले र १३ जना पूर्वमाओवादीबाट सांसद भएका हुन् ।

    आइतबार सांसद यामलाल कँडेलको अगुवाइमा भएको १८ जना सांसदको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ । १८ मध्ये ८ जना कँडेल अर्थात् प्रधानमन्त्री ओल निकट, ७ मन्त्री समेत रहेका नेता प्रकाश ज्वाला अर्थात् वरिष्ठ नेता नेपाल निकट छन् । ३ जना भने पूर्वमाओवादी निकट हुन् ।धेरैले अनुमान गरेका छन्, ‘पार्टी केन्द्रको गुटको छायाँ प्रदेशमा देखियो ।’ तर हस्ताक्षर गर्ने सांसदहरुको अनुहार हेर्दा यो अनुमान गलत साबित हुन्छ, किनभने हस्ताक्षर गर्नेमा कुनै एउटा समूहका मात्रै छैनन् ।

    यो विद्रोहको अगुवाई गर्ने नेता हुन्, यामलाल कँडेल । जो प्रधानमन्त्री ओली निकट मानिन्छन् । कँडेल मुख्यमन्त्री हुने योजना बनाएर गत निर्वाचनमा प्रदेश सभामा चुनाव लडेका थिए । तत्कालिन एमाले बहुमत आएपछि उनी झनै उत्साहित थिए । तर, भागबन्डामा पूर्व माओवादीको भागमा परेपछि उनको मुख्यमन्त्री बन्ने सपना अधुरै थियो ।अविश्वासको प्रस्तावको प्रयास यो पहिलो भने होइन । कँडेलको नेतृत्वमा चौथो पटक भएको प्रयासमा मात्रै सफल भएको हो । यसअघिको प्रयासलाई भने आर्थिक मामिला मन्त्री रहेका प्रकाश ज्वालाको नेतृत्वमा असफल बनाइएको थियो । मुख्यमन्त्री शाहीले वरिष्ठ नेता नेपाल निकट सांसदहरुसँग ‘मिलेर काम गर्ने’ प्रतिबद्धता जनाएपछि अविश्वास प्रस्ताव असफल भएको थियो अर्थात् नेपाल निकट सांसदहरुले जोगाएका थिए ।

    मुख्यमन्त्री शाही नेता जर्नाद्धन शर्मा निकट मानिन्छन् । मुख्यमन्त्री शाहीले आफ्ना समूह बाहेक अन्यलाई सहयोग नगरेको आरोप लाग्दै आएको थियो । बिकास बजेटदेखि अन्य कामहरुमा उनले एकलौटी गरेको आरोप छ । ‘मुख्यमन्त्रीले हरेक पटक राम्रो काम गर्ने, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएपछि हामीले ती प्रयासलाई रोकेका थियौं,’ एक सांसदले भने, ‘तर मुख्यमन्त्री एकलकाँटे बनेपछि यस पटक हामी उहाँको पक्षमा उभिन सकेनौं ।’नेकपाका सांसदहरुका अनुसार मुख्यमन्त्री शाहीले आफ्नो उपगुटका सांसदहरुलाई मात्रै च्याप्ने गरेका थिए । बिकास बजेट पनि आफ्नाको मात्रै हाल्ने गरेको उनीहरुको आरोप छ । अर्कातिर भौतिक योजना तथा पूर्वाधार मन्त्रालय आफैसँग राखेपछि वरिष्ठ नेता नेपाल निकट सांसदहरु रिसाएका थिए ।

    सांसद खड्गबहादुर खत्री कर्णाली प्रदेशको भौतिक योजना तथा पूर्वाधार मन्त्री थिए । बैंकिङ कसुरको आरोप लागेपछि गत वर्ष साउनमा उनलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरे । खाली मन्त्रालयमा नेपाल निकट सांसदलाई मन्त्री बनाउनु पर्ने माग थियो । तर मुख्यमन्त्री शाहीले आफैसँग राखे । यति मात्रै होइन उनले धेरै बजेट मुख्यमन्त्री कार्यालयमै राखेको भन्दै नेकपाभित्रै तिव्र असन्तुष्टि थियो । मुख्यमन्त्रीको कार्यशैलीका कारण तीनै गुटका सांसदहरु मुख्य शाही विरुद्ध उभिन पुगेको बताइन्छ ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६