लुम्बिनी

दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द



दाङ २६ असोज । दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको हो ।जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

             त्यसैले जिल्ला प्रशासन कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दालगायत अत्यावश्यकबाहेकका अन्य सेवाहरु ३० गतेसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिए । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् ।यसैगरी जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६