शिक्षा

कक्षा १२ को परीक्षा छठलगत्तै, परीक्षा तालिका र मोडालिटी दसैंअघि नै सार्वजनिक हुने



काठमाडौं २६ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने जनाएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने बताए।‘मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएका छ,’ पौडेलले भने, ‘छठलगत्तै परीक्षा लिनेगरी तयारी थालेका छौँ ।’बुधवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए। मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो। 

परीक्षा तालिका र मोडालिटी एक–दुई दिनमै सार्वजनिक गरिने 

     बोर्ड अध्यक्ष पौडेलले परीक्षा तालिका र मोडालीटीबारे एक–दुई दिनमा निर्णय सार्वजनिक गरिने बताए। ‘दसैंअघि नै परीक्षा तालिका र मोडालिटी कस्तो हुने भन्नेबारे निर्णय गर्छौं,’ पौडेलले भने, ‘छठलगत्तै परीक्षा लिने गरि तालिका सार्वजनिक गर्दैछौँ।’यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मोडालिटीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई विकल्प पेश गरेको थियो जसमा पहिलो विकल्पमा परम्परागत रुपमा नै चरणबद्ध परीक्षा लिइने उल्लेख छ। जसमा कोरोना महामारी कम भएका जिल्लाहरुमा भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर परीक्षा लिइनेछ। दोस्रो विकल्पमा  १०० पूर्णांकको लिखित परीक्षा नलिइ केही प्रतिशत लिखित र केही प्रयोगात्मक लिने सुझाव पनि पेश गरेको थियो ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६