अन्तर्राष्ट्रिय

लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरणमुक्त



काठमाण्डौ २६ असोज । लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरणमुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले यस कुराको जानकारी दिनुभएको हो । उहाँले अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका जानकारी दिनुभयो ।उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गएको सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उहाँले बताउनुभयो ।भारतले गएको बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूतावासले उनीहरुको अवस्थाको बारेमा खोजी सुरु गरेको थियो ।

 भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिनुभएको थियो । लिबियामा भारतको राजदूतावास नरहेकोले ट्युनिसियामा रहेको दूतावासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए ।त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अपहरणमुक्त गरिदिएका बताइएको छ । अपहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६