अर्थ-वाणिज्य

संघियतापछि महिलाको पदमा पहुच बढ्यो तर जनतामा प्रभाव बढेन



 कपिलवस्तु २६ असोज  संघियता कार्यान्वयनमा आएपछि विभिन्न सार्वजनिक पदमा महिलाको पहुँच बढेको बिष्लेषण गरिएको छ । वडादेखि संसद सम्म ,महिला सदस्यदेखि राष्ट्राध्यक्ष सम्म महिलाको पहुच पुगेपनि फरक काम गरेर जनतामा प्रभाव पार्न भने नसकेको समिक्षा भएको छ । महिला शक्ति विकास केन्द नेपालले आज  कपिलवस्तुमा गरेको सामाजिक लेखा परिक्षणमा  यस्तो बिष्लेषण गरिएको हो  । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लामा संचालन गरेका कार्यक्रम बारे सामाजिक परिक्षण सम्पन्न गरेको हो ।


    कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले वोल्दै संस्थाले जिल्लामा महिला शसक्तीकरणका लागि संचालन गरेको कार्यक्रम सह्रायिन रहेको बताउनु भयो । उहाले महिलाको पहुच बढेको छ प्रभावकारीता बढाउन जरुरी छ भन्नु भयो । आर्थिक रुपमा महिला सक्षम भए महिलाहरु हिंसाको शिकार हुनुनपर्ने बताउदै महिलाहरु बचत संकलन मात्र नभई उत्पादनमुलक कार्यमा  लगानी लगाउनुपर्ने समेत उहाले औल्याउनु भयो । 

    उहाले महिलाहरु, सामाजिक, आर्थिक, राजनैतिक लगाएत चौतर्फि विकास भएमात्र नेपाल सरकारको  “खुसी नेपाली समृद्ध नेपाल ”को नारा साकार हुने बताउनुभयो ।यस्तै कार्यक्रममा नगर प्रबक्ता  विष्णु पौडेलले बोल्दै संस्थाले संचालन गरेका प्राय सबै कार्यक्रममा आफु सहभागि भएको बताउदै संस्थाले संचालन गर्ने तालिम महिलाहरुका लागि अत्यन्तै प्रभावकारी भएको औल्याउनुभयो । उहाले महिला शसक्तिकरणका लागि संस्थाले मेहनत गरे अनुसार नै समुहका महिला दिदी बहिनीहरुलाई पनि मेतहत गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा, शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सी, कृषिशाखा प्रमुख लेसबहादुर केसी, पशुशाखा प्रमुख राजकुमार तिवारी , महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्थ लगाएतले बोल्नुभएको थियो । संस्थाकी क्षेत्रिय संयोजक जानकी चौधरीको अध्यक्षता , कोर लिडर सावित्रा थारुको स्वागत मन्तव्य तथा रिना थारुको संचालनमा सम्पन्न भएको थियो । 

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६