काठमाडौं २७ असोज। जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरु बताउँछन् ।भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता हत्या भएको थियो । गत बुधबार अपरान्ह करिब ४ बजेतिर घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए ।जग्गा किन्ने बहाना बनाएर आएकाहरुले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो ।
२७ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया