प्रदेश

संसद सचिवालय कोरोना हब, उपसभामुख सहित ३५ संक्रमित



 बुटवल २८ असोज । लुम्बिनी प्रदेशका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसअघि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार उपसभामुख कृष्णी थारुसहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

    प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार १० जनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमण पुष्टी भएकाहरुमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मीसमेत रहेका प्रवक्ता श्रेष्ठले बताए ।

    संक्रमण पुष्टी भएसंगै उपसभामुख कृष्णी थारु भैरहवास्थित सरकारी निवासको आइसोलेसनमा बसेकी छन् र अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए ।यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, लेखा समिति सभापति डिल्लीबहादुर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६