प्रदेश

नयाँ उपायको खोजी: दुर्गा पूजाको मागगर्दै उच्च अदालतमा मुद्दा



कपिलवस्तु २८ असोज ।  दसैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनुपर्ने माग गर्दै यहाँ मुद्दा दायर भएको छ । अधिवक्ता राहुल गुप्ताले कपिलवस्तु नगरपालिका–१ स्थित प्रशासन कार्यालय र प्रजिअ दीर्घनारायण पौडेलविरुद्ध सोमबार उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका हुन् ।प्रशासनले दूर्गा पूजामा लगाएको रोक खारेज गरी मूर्ति पूजा गर्न पाउनुपर्ने माग गर्दै उत्प्रेषण, परमादेश र निषेधाज्ञासहितको रिट दायर गरेको गुप्ताले बताए । दुर्गा पूजामा कुनै बाधा व्यवधान नगर्न मुद्दा दायर गरेको उनको भनाइ छ ।

     संक्रमण फैलिन नदिन भनेरै सबैको हितका लागि सतर्कता अपनाउन दुर्गा पूजामा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले यस वर्ष दसैंमा दुर्गा मूर्ति बनाउन, सार्वजनिक रुपमा प्रदर्शन गर्न, पूजाआजा र बिसर्जन गर्न रोक लगाउँदै शुक्रबार सूचना प्रकाशित गरेको थियो । प्रशासनले सर्वपक्षीय बैठक गरेर सतर्कता अपनाउन आवश्यक रहेको भन्दै मूर्ति पूजाआजामा रोक लगाएको हो ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६