ब्रेकिंग न्युज

दुई दिनदेखि आईसीयू बेड कुरेर बसेकी संक्रमित महिलाको एम्बुलेन्समा नै मृत्यु



बुटवल २८ असोज । एक अस्पतालबाट अर्को अस्पतालमा लैजाने क्रममा नपवपरासीकी एक कोरोना संक्रमित महिलाको  एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा आईसीयू बेड कुरेर दुई दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा बसेकी महिलालाई गत राति धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु  भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले  जानकारी दिनुभयो ।कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी नवलपरासी सुनवल–४ की ७७ वर्षीय एक वृद्धा २ दिनदेखि आईसीयू बेड कुर्दै गर्दा गत राति मृत्यु भएको हो ।

   उनलाई गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना  गरिएको थियो ।ती वृद्धलाई सोही दिनदेखि नै आईसीयूमा राख्नुपर्ने भएपनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिभर क्लिनिक सेन्टरमा राखिएको थियो । बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसीयू बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मुटुको रोगी तथा रगतको कमी भएको अस्पतालले जनाएको छ ।

    पछिल्लो समय कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आईसीयू बेडको अभाव देखिएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आईसीयू बेड खाली छैनन् भने अन्य साधारण बेडमा २५ जना विरामी रहेका अस्पतालले जनाएको छ । नवलपरासी ती महिला गत असोज २५ गते स्वास्थ्यमा समस्या भइ बुटवलको चौराहा अस्पतालमा भर्ना गरी रगत चढाइएका उनलाई थप समस्या भएपछि उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।त्यहाँ गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिएको थियो । बेड अभाव कारण कति एम्बुलेन्समा कति बुटवल रिफर गरेर दाग लैजाने क्रममा मृत्यु भएपनि बेड थप्ने विषयमा पहल भएको छैन ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६