गुल्मी २८ असोज। गुल्मीमा सवारी साधानको कारबाहीमा ४ लाख बढी राजश्व संकलन भएको छ । सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारीका साधनहरुमा गरिएको कारबाहीमा ४ लाख २१ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।असोज महिनको २६ दिनमा जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा गरिएको सवारी कारबाहीमा उक्त राजश्व संकलन भएको हो । सवारी नियम उल्लङगन गर्ने ६ प्रकारका सवारी साधन कारबाहीमा परेको पन्तले बताए ।
कारबाही पर्नेमा ३४ वटा ट्रक, ३२ वटा बस, २८९ वटा जिप, ४८ वटा ट्याक्टर, १९४ वटा मोटरसाइकल र स्कुटर, ३ वटा अटोले सवारी नियम उल्लङगन गरेका थिए ।जिल्ला प्रहरी कार्याल गुल्मीले यात्रुबाट बढी भाडा लिएको चौतर्फी आवाज उठेपछि चेक जाँचलाई बढाएको थियो । चाडपर्व नजिएसँगै हुनसक्ने दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रहरीले पछिल्ला केहिदिन यता सवारी साधानहरुमा निगरानी बढाएको छ ।ग्लोबल आवाजबाट
प्रतिक्रिया